National Farmers Group Federation Nepal (NFGF Nepal)

शिलबन्दी बोलपत्र आह्वान गरिएको सूचना

(प्रथम पटक प्रकाशित मितिः २०८२/०३/१९)

राष्ट्रिय कृषक समुह महासंघ नेपालले केएर नेपाल सँगको साझेदारीमा सिरहा जिल्लाको भगवानपुर, सखुवानन्कारकट्टी,लक्ष्मीपुर पतारी गा.पा. तथा धनगढीमाई न.पा. साथै सप्तरी जिल्लाको रुपनी तथा ऄग्नीसाईर कृष्णसावरन गा पा संगको सहकार्यमा साना भूमिहीन महिला, युवा र सीमान्तकृत किसानहरूलाई हरितगृह ग्यास उत्सर्जन घटाउँदै जलवायु परिवर्तनका असरहरुलाई ऄनुकूलनीय ऄभ्यासहरू मार्फत किसानहरुलाई उत्थानशीलबनाउने र सम्बन्धित स्थानीय नगरपालिका तथा गाउँपालिकाहरुको नीतिहरू, योजनाहरूमा जलवायु न्यायलाई मूलप्रवाहीकरण गर्न मद्दत गर्ने उद्येश्यले जलवायु मैत्री गाउँ नेपाल परियोजना संचालनमा रहेको छ ।

उल्लेखित परियोजना ऄन्तर्गत तपसिल ऄनुसारका सामग्रीहरु खरिद गर्नुपर्ने भएकाले मुल्य अभिवृद्धि करमा दर्ता भएको मुल्य अभिवृद्दि करमा दर्ता नगरी संचालन गर्न पाउने भनी कानुनले तोकिदिएको हकमा पान दर्ता भएका उल्लेखित सामग्रीहरु आपुर्ती गर्न ईच्छुक ऄधिकृत बिक्रेता आपुर्तिकर्ता तथा वितरकहरुबाट यो सुचना प्रकाशित भएको मितिले ७ दिन भित्र तपसिलको शर्तहरुको ऄधिनमा रही कार्यालय समय भित्र कार्यालयमा उपस्थित भई सम्बन्धित आपूर्तीकर्ताहरुकै लेटर प्याडमा दरभाउ तथा शर्तहरु उल्लेख गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुहुन वा ईमेल ठेगाना  nfgfmadeshpradesh2075@gmail.com   मार्फत पेश गर्नु हुन यो सूचना प्रकाशित गररएको छ।

अपूर्ति गरिने सामग्रीहरुको विवरण यसै साथ संलग्न गरिएको

१.    माथिउ ल्लेखित सामग्रीहरु लाभग्राहीले आवश्यकता अनुसार सामाग्री छनौट गरी खरिद गर्नेछन् ।साथै स्थानीय समुदायले बढी खरिद गर्ने गुणस्तरिय सामग्रीलाई उच्च प्राथमिकता दिईनेछ । ।

२.     छनौट भएको आपूर्तीकर्तासंग गरिएको सम्झौता तथा खरिद आदेश बमोजिम सामग्रीहरु खरिद गरिने छ ।

३.    आपूर्तिकर्तालाई भुक्तानी गर्दा नियमानुसार लाग्ने कर कट्टी गरी मात्र रकम भुक्तानी गरिने छ ।

४.     उपरोक्त बमोजिमको कारोवार २०८२ साल असार महिना देखि अधिकतम २०८२ साल माघ मसान्त सम्म सञ्चालन गरिने छ ।

५.     स्थानीय तथा सम्बन्धित पालिकामा सञ्चालनमा रहेका आपूर्तिकर्ताहरुलाई छनौट प्रकृयामा प्राथमिकता दिईने छ ।

६.    बोलपत्र पेश गर्दा फर्म दर्ता प्रमाण–पत्रको प्रतिलिपि १ थान, फर्म भ्याट वा प्यान दर्ता प्रमाण–पत्रको प्रतिलिपि १ थान, गत आर्थिक वर्षको करचुक्ता प्रमाण पत्रको प्रतिलिपि १ थान व्यवसायीको नागरिकता प्रमाण पत्रको प्रतिलिपी १ थान, बैक खाता नं., सम्पर्क नं., ईमेल ठेगाना संलग्न गरी पेश गर्नु पर्नेछ । शिलबन्दी बोलपत्रको खाम बाहिर बोलपत्रदाताको नाम, ठेगाना, सम्पर्क नम्बर तथा फर्मको छाप अनिवार्य हुनुपर्नेछ ।माथि उल्लेखित सामग्रीहरु मध्ये सम्बन्धित आपूर्तीकर्ताले उपलब्ध गराउन सक्ने सामग्रीहरुको मात्र दर भाउ उल्लेख गर्नुपर्नेछ।

७.    बोलपत्र फाराममा उल्लेखित प्रत्येक सामग्रीको दररेट (कर समेत) अंक र अक्षर दुबैमा स्पष्ट लेखिएको हुनु पर्नेछ ।अंक र अक्षर बीच फरक परेमा अक्षरमा लेखिएकोलाई मान्यता दिइनेछ । केरमेट वा टिपेक्स लागेको अंक मान्य हुनेछैन ।

८.    बोलपत्र फाराम खाम बन्द गरी लाहाछापले शिलबन्द गरिएको हुनु पर्नेछ, अन्यथा उक्त बोलपत्रदर्ता गर्न बाध्यहुने छैन।

९.    पेश गरिएका बोलपत्रहरु यो सूचना प्रकाशन भएको ८ औं दिनको २ः०० बजे संस्थाका प्रतिनिधीहरु र बोलपत्रदाता स्वयम् वा निजको प्रतिनिधीको उपस्थितीमा यस संस्थाको कार्यालयमा खोलिनेछ ।तोकिएको दिनमा बोलपत्रदाता वा निजको प्रतिनिधिको अनुपस्थित भएमा पनि शिलबन्दी बोलपत्र खोल्न कुनै बाधा पर्नेछैन । तर सो दिन सार्वजनिकबिदा परेमा सो को लगत्तै कार्यालय खुलेको दिन बोलपत्र खोलिने छ ।

१०.    म्याद नाघी वा रित नपूगी आएका बोलपत्र उपर कुनै कारबाही हुनेछैन ।

११.    थपजानकारी आवश्यक परेमा तल उल्लेखित फोन नम्बरमा कार्यालय समयभित्र सम्पर्क गर्न सकिनेछ ।

१२.    अन्य शर्तनामाहरु राष्ट्रिय कृषक समूह महासंघ नेपालको सामग्री खरिद नीति नियमावली र नेपाल सरकारको प्रचलीत कानून बमोजिम हुनेछ । सर्वाधिकार राष्ट्रिय कृषक समूह महासंघ नेपालमा नीहित रहेको छ ।

Links:

बोलपत्र प्राप्त गर्ने, पेश गर्ने र खोलिने ठेगानाः

राष्ट्रिय कृषक समूह महासंघ नेपाल ,

मधेश प्रदेश कार्यालय

लहान न.पा. वडा नं. १, सिरहा(बालाजु पेट्रोल पम्पभन्दा उत्तर पट्टीको गल्लीबाट १०० मिभित्र ।)

फोन न. ०३३५६४०७३



Share

Grant Size

N/A

Thematic Areas

Published Date/Deadline

Recent Posts

Loading...